घर मा मोवाईल बाट नै IPO/FPO कसरी भर्ने र के के चाहिन्छ
घर वा विदेश मै वसेर मोवाइल बाट नै IPO/FPO कसरी र कहाँ बाट भर्न सकिन्छ र के के चाहिन्छ ।
यदि तपाई शेयरमा नयाँ हुनुहुन्छ र शेयरमा लगानी गर्न चाहानु हुन्छ भने हल्लाको भरमा लगानी नगरेकै राम्रो हुनेछ ।शेयर बजारको बारेमा सिक्नलाई IPO मा लगानी गरेर सुरु गर्नुपर्दछ । IPO शेयर भनेको कुनै पनि कम्पनी वा संस्थाले पहिलो पटक सर्वसाधारणहरुको लागि निष्कासन गरेको शेयर लाई IPO भनिन्छ । यो घरमा मोवाइल बाट नै भर्न पनि सकिन्छ । अव प्रश्न आउछ IPO कसरी , कहाँ बाट भर्न सकिन्छ र के के चाहिन्छ ।
IPO भर्न निम्न्ना कुराहरु तपाई सँग हुनु पर्दछ ।
· Bank account
· Demat
account
· Meroshare id
· CRN number
· Email id
· Pan number
Bank Account
कुनै पनि बैंकमा गएर तपाई खाता खोल्न सक्नु हुन्छ । पैसा राख्ने खाता लाई bank account भनिन्छ ।
Demat Account
शेयर राख्ने खातालाई डिम्याट खाता भनिन्छ ।तपाईले भरेको IPO/FPO मा परेको शेयर यहि खातामा आउछ । Demat account बैंक मा नै खोल्न सकिन्छ । तपाईको Bank Account भएकै बैंक मा डिम्याट खाता खोल्दा कारोवार गर्न सजिलो हुन्छ ।
मेरो शेयर Id (meroshare account or id )
तपाई को facebook id पक्कै होला । मेरो शेयर पनि शेयर को Facebook जस्तै हो ।facebook जस्तै यो खोल्न पनि id र Password चाहिन्छ । मेरो शेयरको Id पनि बैंक बाट नै गराईन्छ । तपाईले डिम्याट खाता खोलेकौ बैंक मा गएर एउटा फारम भरेर मेरोशेयर Account को लागी निवेदन दिन पर्ने छ । demat id तपाईको डिम्याट नम्वरको अन्तिम ५ ओटा नंम्वर हुन्छ भने पासवर्ड तपाई आफैले राख्न सक्नुहुन्छ ।
तपाई आफू संग भएको सेयर, Ipo,fpo,rightshare भर्दा परेको सवै शेयर यहि मेरो शेयर बाट हेर्न सक्नु हुन्छ ।
घरमै बसि वसि ipo,fpo,rightshare मोवाइल बाटै भर्न वा निबेदन दिन सक्नु हुन्छ ।
CRN
Number
यो नम्वर पनि बैंक खाता खोलेकौ बैकले दिन्छ । तपाई आफ्नो बैंक खाता भएको बैंकमा गएर CRN Number generate(Generate) गर्न भन्नु पर्छ ।अनि तपाई लाई बैकले CRN number दिन्छ ।यो नम्वर Online IPO ,Fpo ,right share, debenture भर्दा चाहिन्छ ।
E-mail Id
तपाईलाइ मेरोशेयरमा Account गराउन इमेल id पनि चाहिन्छ ।त्यहि Email id मा मेरोशेयरले एउटा link पठाईदिन्छ ।त्यहि link खोलेर तपाईले आफ्नो नया पासवर्ड गराउन सक्नुहुन्छ ।
Pan Number
अहिले यो अनिर्वाय हुनै पर्छ भन्ने छैन । पछि भविष्यमा यो अनिर्वाय हुन सक्ने हुनाले यो गराएर राखेकै राम्रो । Pan Number गराउन तपाईको नजिकै रहेको आन्तरिक राजस्व कार्यलयमा निशुल्क गराउन सक्नुहुने छ ।
Comments
Post a Comment