बुक बिल्डिङ्ग भनेको के हो ? यो कसरी निकालिन्छ
बुक बिल्डिङ्ग भनेको के हो ?
कुनै पनि संस्थाले प्रारम्भिक धितो पत्र (IPO) निष्काशन गर्दा धितो पत्र (IPO)को मुल्य निर्धारण गर्ने विधिलाई बुक बिल्डिङ्ग भनिन्छ । समान्यतया हामिहरुले रु १०० को दरमा IPO भदै आएका थियौ तर कति मूल्यमा दरमा IPO निकाल्ने निर्धारण गर्ने विधिलाई नै बुक बिल्डिङ्ग भनिन्छ ।यसमा पहिला मुल्य निर्धारण गरिन्छ अनि मात्र सर्वसाधारणलाइ त्यहि मुल्यको आधार मा IPO गरिन्छ ।
योग्य संस्थागत लगानी कर्ताहरु
.सूचिकृत संगठित संस्था
.सामुहिक लगानी कोष (Mutual fund)
.मचेन्ट बैंक (Capital bank)
.मान्यता प्राप्त अबकाश कोष
.बोर्डबाट मान्यता प्राप्त कोष र सस्थाहरु
योग्य संस्थागत लगानी कर्ताको रुपमा काम गर्नलाई कम्तीमा पनि नेटवर्थ १० करोड हुनुको साथै धितो पत्र वोर्ड वाट स्वीकृति लिनुपर्दछ
यस विधिमा मूल्य निर्धारण कसरी गरिन्छ ?
धितोपत्र निष्काशन गर्ने संस्थाले पहिला धितोपत्र निष्कासन तथा विक्री ( Capital Bank or Merchandise bank)
गर्ने संस्थासंग परामर्श गरि योग्य संस्थागत लगानी कर्ताहरुको लागि निष्काशन सम्वन्धी विवरण पत्र निकाल्छ । यसमा निष्काशन गर्ने धितोपत्र संख्या ,अनुमानित मुल्य आधार र औचित्य रहेको हुन्छ ।
यसरी प्रारम्भिक निष्काशन सम्वन्धी विवरण तयार पारे पछि छलफलको लागि स्थान र मिति तोकेर कम्तीमा सात दिन अगाडि नै योग्य संस्थागत लगानी कर्ता लागि छलफलमा सहभागि हुन पत्र पठाउने कित राष्ट्रियस्तरको पत्रिकामा सुचना प्रकाशित गरि जानकारी गराउनु पर्दछ।छलफल कार्यक्रममा संस्थाले आफ्नो ३ वर्षसम्मको लेखापरिक्षण उपलब्ध गराउनु पर्ने छ । निष्काशन र विक्री वितरण गर्न जिम्मा लिएको सस्थाले सात दिन अगाडि नै आफ्नो WEBSITE मा प्रारम्भिक निष्काशन सम्वन्धी विवरण राख्नुपर्ने छ ।
छलफल कार्यक्रममा योग्य संस्थागत लगानी कर्ता संग कति शेयर ,कति मुल्यमा खरिद गर्न चाहन्छन सुझावको माग गर्दछन् ।छलफल सकिएको पाच दिन भित्रमा योग्य संस्थागत लगानी कर्ताहरुले खरिद गर्न चाहेको न्युनतम शेयर सख्या र मुल्य , मुल्यको आधार सहित लिखित सुझाव दिन पाउदछन्
विक्री मुल्या निर्धारण गर्नको लागि कम्तीमा पनि १० योग्य संस्थागत लगानी कर्ता बाट सुझाव आउनै पर्दछ ।
यसरी योग्य संस्थागत लगानी कर्ता बाट आएको सुझावमा मुल्य मा सवैभन्दा धेरै मुल्यमा २० प्रतिशत थप गर्दा र कम मुल्यमा २० प्रतिशत घटाउदा आउने मुल्य बाट विक्री मुल्य सिमा निर्धारण गरिन्छ । मानै १० ओटा योग्य संस्थागत लगानी कर्ता हरुले निम्न विवरण पत्र दिए
योग्य संस्थागत लगानी कर्ता मुल्य शेयर
१ १००
२ २००
३ २००
४ ४००
५ ५००
६ १४०
७ ३५०
८ २००
९ ३५०
१० २७०
सवै भन्दा धेरै मुल्य रु ५०० सुझाव आएको छ भने सवै भन्दा कम १०० ,सवै भन्दा धेरै मुल्य रु ५०० सुझाव आएको छ भने सवै भन्दा कम १०० ,
रु५०० मा २० प्रतिशत रु६०० र रु१०० मा २० प्रतिशत कम गर्दा रु ८० हुन्छ ।यसरी विक्री मुल्य सिमा ८० देखि ६०० तोकिन्छ । यो विक्री सिमा योग्य संस्थागत लगानी कर्ता को लागि मात्र हुन्छ ।त्यस पछि धितो पत्र वोर्ड संग विक्री मुल्य सिमा सहित स्वीकृतिको लागि जान्छ। बोर्ड वाट स्वीकृति पाए पछि १० दिन भित्र फेरि योग्य संस्थागत लगानी कर्ताहरु वोलकवोल गर्न सुचना गरिन्छ । सुचना प्रकाशन भएको ७ दिन पछि बोलकबोल मा सहभागी हुन पाईन्छ र यो ४ दिन सम्म चलिरहन्छ ।धितोपत्र वोर्डको अनुमति लिएरअझ सयय थप गर्न पनि सकिन्छ । ४ दिन भित्र सम्ममा विक्री मुल्य सिमा भित्र रहेर योग्य संस्थागत लगानी कर्ताले धितोपत्रको लागि निवेदन दिने गर्दछन्। कुनै पनि योग्य संस्थागत लगानी कर्ताले निष्काशनको २० प्रतिशत भन्दा वढि शेयरको लागि निवेदन दिन पाउदैन
कट अफ मुल्य निकाल्ने तरिकाको एउटा उदाहरण
मानौ जम्मा निष्काशन शेयर १००००० किता
४ जना योग्य संस्थागत लगानी कर्ता हरुले रु २८० दरमा १०००० कित्ता निवेदन दिएका छन ्
दोस्रो मा ६जना योग्य संस्थागत लगानी कर्ता हरुले रु २६० दरमा २५००० किता निवेदन दिएका छन् यसरी पहिलो १०००० किता र दोस्रो २५००० किता जोडि ३५००० किता सेयर को कुल यो निकाएको हो ।सस्थाले १००००० किता शेयर निष्काशन गरेको हुर्दा माथि बाट सवै भन्दा धेरै मुल्यमा निबेदन दिने लाई शेयर बाडफाड गदै आउछ । यसरी बाडफाड गदै आउदा रु २३० सम्मा लाइ बाडफाड गर्दा ८५००० शेयर बाडफाड भई सक्छ । १ लाख कित्ता निष्काशन गरेको हुदा अझै १५००० कित्ता वाडफाडको लागि रहन्छ । तर रु २२० को दर ८ जना योग्य संस्थागत लगानी कर्ता २५००० कित्ता निबेदन गरेका सवैलाई शेयर नपुग्ने हुदा बाकि रहेको १५००० शेयर लाई ८ जनामा समानुपातिक तरिकाले बाडफाड गरिन्छ । यसरी बाडफाड गदै आउदा रु२२० सम्मा आउदा निष्काशन सेयर पुरै विक्री भएको ले कट अफ मुल्य रु २२० हुन्छ ।
यसरी कट अफ मुल्य निर्धारण भए पछि वल्ल सर्वसाधारण को लागि त्यहि कट अफ मुल्यमा १० प्रतिशत छुट दिई IPO निष्कासन गर्नु पर्दछ । यसरी हेर्दा रु२२० मा १० प्रतिशत छुट दिदा रु १९८ का दरले IPO निष्काशन हुन्छ ।
बुक बिल्डिङ्ग विधिमा सर्वसाधारणले न्यूनतम ५० कित्ता लागि निवेदन दिनु पर्छ ।
Harrah's Lake Tahoe - Mapyro
ReplyDeleteHarrah's Lake Tahoe. Stateline, NV. 서산 출장샵 Map. Harrah's Lake Tahoe is a short drive 김천 출장마사지 from 영천 출장샵 Lake Tahoe Casino and features 6 bars, two restaurants, 양주 출장샵 an outdoor swimming 익산 출장샵 pool,