यहि फागुन २३ गते खुल्दै गरेको माउन्टेन हाईड्रो नेपाल लिमिटेड (MTHNL)बित्तिय बिवरण यस्तो रहेको छ
माउन्टेन हाईड्रो नेपाल लिमिटेड (MTHNL) बित्तिय बिवरण यस्तो रहेको छ माउन्टेन हाइड्रो नेपाल लिमिटेडले फागुन २३ गतेदेखि साधारण सेयर ( आईपीओ ) निष्कासन गर्ने भएको छ | स्थानीयबासिन्दाले आवेदन नदिएको थप गरी १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।आईपीओ निष्कासन बन्द छिटोमा फागुन २८ र ढिलोमा चैत २२ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ | माउन्टेनले पाँचथरमा २१ .. ६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिरहेको छ । हालसम्म ९८ प्रतिशत काम सकिएको छ । आयोजनाबाट सर्वसाधारणको लगानी फिर्ता ८ वर्ष २ महिना रहेको छ । आर्थिक वर्ष ०७७ / ०७८ सम्म कम्पनीको खुदसम्पत्ति ऋणात्मक भई ९७ . ९८ रुपैयाँ हुने छ | यस्तै प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६३ पैसा मात्र हुने कम्पनीले जानकारी दिएको छ । प्रतिसेयर नेटवर्थ ९३ . ९१ छ
Comments
Post a Comment